अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

सुनकाे मूल्य प्रतिताेला एक लाख रूपैयाँ कायम

बिआरटीनेपाल २०७९ पुष ४ गते ६:०० मा प्रकाशित

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला एक लाख पाँच सय कायम भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्यसमेत अघिल्लो दिनका तुलनामा यथावत् रही प्रतितोला एक लाख तोकिएको छ ।

त्यस्तै चाँदी अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ८० मूल्य कायम रहेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार सात सय ९१ दशमलव ३५ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया