अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

सेयर बजारमा गिरावट जारी

बिआरटीनेपाल २०७९ मंसिर २९ गते ३:५६ मा प्रकाशित

साताको अन्तिम दिन पनि सेयर बजार रातै रहेर थामियो । पछिल्ला दुई दिन सामान्य अंकले ऋणात्मक रहेको सेयर बजारमा आज दोहोरो अंकको गिरावट आयो । उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले झरेर १८ सय ८२ कायम भएर थामियो । कारोबार भने दुई दिनको तुलनामा केही सुधारिएर सवा अर्ब नजिक पुग्यो । हिजो केही समूह हरियो रहेकोमा आज सबै समूह राताम्मे रहे । जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक बढीले गिरावट आउँदा बाँकी अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५४ कम्पनीको ४८ लाख बढी कित्ता सेयर १ अर्ब १९ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसमध्ये १ सय ६७ कम्पनीको मूल्य ओरालो लाग्दा जम्मा २८ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ । यस दिन हिजोदेखि कारोबारमा आएको पिपुल्स हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत गुमाए । घटेको बजारमा पनि रुरु जलविद्युत र इष्टनै हाइड्रोका सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भए ।

प्रतिक्रिया