अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२७ | Colorodo: 04:42

नेपाल आयल निगमलाई १५ दिनमा १८ कराेड रुपैयाँ नाफा, तत्काल भाउ नघट्ने

बिआरटीनेपाल २०७९ कार्तिक १७ गते ६:४८ मा प्रकाशित

भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) ले पेट्रोलियम पदार्थको भाउ बढाएर पठाएको नेपाल आयल निगमले विज्ञप्तिमार्फत् जानकारी दिएको छ । निगमका अनुसार खासगरी डिजल र हवाई इन्धनको मूल्य धेरै बढेको छ । नयाँ मूल्यसूचीअुनसार पेट्रोलमा प्रतिलिटिर ६१ पैसा, डिजलमा प्रतिलिटिर ५ रुपैयाँ ७६ पैसा, मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ ०१ पैसा र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा बढेर आएको छ । एलपी ग्यासको मूल्य भने केही घटेर आएको निगमले उल्लेख गरेको छ ।

निगमले अझै १५ दिनमा डिजलमा प्रतिलिटर १२ रुपैयाँ १४ पैसा र खाना पकाउने ग्यासमा २ सय २८ रुपैयाँ ८४ पैसा प्रतिसिलिन्डर घाटा रहेको जनाएको छ । पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा भने केही नाफा नै छ ।निगमले अहिलेलाई नेपाली बजारमा भने पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । यससँगै ग्यासमा भएको घाटा समायोजन गर्दा समेत १५ दिनमा १८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ ।  योभन्दा अगाडि पटक–पटक आईओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि निगमले खुद्रा बिक्री मूल्य घटाएको थिएन ।

प्रतिक्रिया