अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:४८ मा प्रकाशित

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ । शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो ।उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको जानकारी दिनुभयो । उहाँले सामान्य दुर्घटना भएको बताउनुभयो ।

‘सामान्य दुर्घटनाः कालिगण्डकी–६ इम्सिलको कार्यक्रमबाट फर्कने क्रममा गल्याङ बटुवामा सामन्य दुर्घटना । हामी सबै सुरक्षित छौं,’ गुरुङले ट्विटमा उल्लेख गर्नुभएको छ । एक वर्षअघि पनि गुरुङ सवार गाडी सामान्य दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू