अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०५ | Colorodo: 00:20

चुनावी सुरक्षाबारे आयोगको चासो

बिआरटीनेपाल २०७९ कार्तिक ४ गते ६:२० मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि भइरहेको शान्ति सुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो ।प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोगका कार्यवाहक अध्यक्ष डा. सूर्य ढुंगेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै सुरक्षा व्यवस्थामा आपसी सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । सुरक्षा निकायका प्रमुख र प्रतिनिधिहरुले शान्तिसुरक्षाको वर्तमान अवस्था, विगतको निर्वाचनको सुरक्षा अनुभव, आगामी निर्वाचनमा आउनसक्ने सुरक्षा चुनौती र भइरहेको सुरक्षा तयारीको बारेमा जानकारी गराएको आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू