अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 01:56

झिलिमिली बत्तीको मूल्य १० प्रतिशतले बढ्याे, ‘बजारमा अभाव’

बिआरटीनेपाल २०७९ कार्तिक १ गते ६:११ मा प्रकाशित

तिहारमा प्रयाेग हुने झिलिमिली बत्तीको मूल्य गएकाे वर्षको भन्दा १० प्रतिशतसम्मले बढेकाे छ ।  नेपाल विद्युतीय व्यवसायी महासङ्घले गएकाे वर्षको तुलनामा यो वर्ष तिहारमा प्रयोग हुने झिलिमिली बत्तीको मूल्य ८ देखि १० प्रतिशतले बढेकाे बताएको हो । महासङ्घले अमेरिकी डलरको मूल्यमा आएको वृद्धि तथा राष्ट्र बैंकको नीतिका कारण बत्तीको मूल्य बढेर आएको बताएको छ ।

तिहार नजिकिएसँगै बजारमा तिहार केन्द्रित वस्तुहरूको खरिद/बिक्री बढ्न थालेको छ । फूल र झिलिमिली बत्तीको पर्वको रूपमा मनाइने तिहारका लागि बजारमा बत्ती, भाइमसला पनि देख्न सकिन्छ ।   अन्य सामानसँगै तिहारमा सबैभन्दा बढी बिक्री हुने झिलिमिली बत्तीको बिक्री पनि सुरु भएको महासङ्घले जनाएको छ । महासङ्घका महासचिव कमल पोखरेलले बजारमा झिलिमिली बत्तीको माग बढे पनि विगतका वर्षको तुलनामा यो वर्ष बत्तीको आयातमा केही कमी आउने बताउनुभयो ।

प्रतिक्रिया