अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

ग्लोबल हंगर इन्डेक्समा नेपाल ८१ औं स्थानमा

बिआरटीनेपाल २०७९ असोज २९ गते ५:०४ मा प्रकाशित

वैश्विक भोकमरी सूचकांक (ग्लोबल हंगर इन्डेक्स)मा नेपाल ८१ औं स्थानमा पुगेको छ । हालैै सार्वनजिक भएको सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्थामा भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो । गत वर्ष १ सय १६ देशको वरियतामा नेपाल यो सूचकांकको ७६औं स्थानमा थियो । १ सय २१ देशको वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १ सय ७औं स्थानमा रहेको छ । पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ । यो सूचिमा दक्षिण एसियाकै राम्रो अवस्थामा श्रीलंका देखिएको छ ।

आर्थिक समस्या झेलिरहेको श्रीलंका यो सूचकांकमा ६४औं स्थानमा रहेको छ । दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ । वैश्विक भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो ।

कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरूको मानमा यसको मापन गरिन्छ । जीएचआईलाई १ सय अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो । यो अंक १ सय हुनु सबैभन्दा खराब अवस्था हो । नेपालको उक्त स्कोर १९ दशमलव १ रहेको छ । यो मध्यम श्रेणीमा पर्छ । छिमेकी भारतको उक्त स्कोर २९ दशमलव १ रहेको छ जुन गम्भीर श्रेणीमा पर्छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देश छन् ।

प्रतिक्रिया