अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

दशैँको लामो बिदापछि खुलेको शेयर बजारमा उच्च वृद्धि

बिआरटीनेपाल २०७९ असोज २३ गते ७:०४ मा प्रकाशित

दशैँको लामो बिदापछि आइतबार खुलेको शेयरमा उच्च अंकको वृद्धि आएको छ । बजार खुलेदेखि नै सकारात्मक रहेको बजार अन्तिममा ४४ दशमलव ६२ अंकले बढेर नेप्से १९९८ दशमलव ३८ को विन्दुमा पुगेर बन्द भएको छ । आइतबार कारोबारमा सबै समूहमा हरियाली छाएको छ । वित्त समूह सबैभन्दा बढी ४ दशमलव ६९ प्रतिशतले बढ्दा म्युचल फण्ड समूह सबैभन्दा कम शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।

यस्तै, बैंकिङ समूह १ दशमलव ९६, ब्यापार शून्य दशमलव ६, होटल १ दशमलव ९६, विकास बैंक ४ दशमलव ५, जलविद्युत २ दशमलव ८७, निर्जिवन वीमा १ दशमलव ८, जीवन वीमा २ दशमलव १५, उत्पादन २ दशमलव ५७, लघुवित्त २ दशमलव ६८, अन्य समूह २ दशमलव ४७ र लगानी समूह २ दशमव ४३ प्रतिशतले बढेका छन् ।

दिनभरमा ८३ करोड ६७ लाख बढीको खरिदविक्री हुँदा नविल बैंक, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको छ । आइतबार सप्तकोशी विकास बैंक र उपकार लघुवित्त शेयरधनीले सवैभन्दा बढी कमाएका छन् भने ग्लोबल आइएमइ ब्यालेन्स फण्ड १ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।

प्रतिक्रिया