अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

अमेरिकामा समुद्री आँधीका कारण १५ जनाको मृत्यु, कैयौं बेपत्ता

बिआरटीनेपाल २०७९ असोज १४ गते ५:५० मा प्रकाशित

अमेरिकी राज्य फ्लोरिडामा इयान नामको समुद्री आँधीबाट अहिलेसम्म कम्तिमा १५ जनाको मृत्यु भएको छ । जसका कारण कैयौं मानिस वेपत्ता भएको आशंका गरिएको छ । नेशनल कोस्ट गार्डका सैनिकहरुले वेपत्ता भएकाहरुको खोजी कार्य भइरकाे जनाइएकाे छ । तीब्र गतिमा आएको आँधीले फ्लोरिडाको जनजीवन अस्तब्यस्त बनाएको । भौतिक संरचनाहरुमा ब्यापक रुपमा क्षति पुर्याएको छ ।

सोही राज्यका २६ लाख घरमा बिजुली आपूर्ति समेत बन्द भएको छ । आवासीय घरहरु, ब्यापारिक मल, सार्वजनिक भवनहरु, तथा सडक र पुलहरुमा ब्यापक क्षति पुगेको छ । सडक र घर अगाडि पार्क गरिएका सवारी साधनहरु कत पुगे भन्ने पत्तो समेत छैन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबै भन्दा घातक समुद्री आँधी हुनसक्ने भन्दै ठूलो जनधनको क्षति भएको आशंका ब्यक्त गर्नुभएको छ । आँधी फ्लोरिडाबाट जर्जिया र साउथ क्यारोलिनातर्फ अघि बढिरहेकाले ती राज्यहरुमा पनि उच्च शतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू