अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२७ | Colorodo: 18:42

अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ताकिएको बन्दुक नपड्किँदा अप्रिय घटना हुन पाएन

बिआरटीनेपाल २०७९ भदौ १७ गते ७:१५ मा प्रकाशित

अर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किच्नरलाई ताकिएको बन्दुक नपड्किँदा उहाँ हत्या प्रयासबाट जोगिनुभएको छ ।आफ्नै निवासअघि समर्थकहरूलाई अभिवादन गर्दै गर्दा भिडमा रहेका एक व्यक्तिले उहाँमाथि ह्यान्डगन ताकेका थिए । पाँच वटा गोली भरिएको बन्दुकबाट गोली प्रहार गर्न ट्रिगर दबाउँदा पनि हतियार जाम भएर नपड्किएको अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले बताउनुभएको बीबीसीले जनाएको छ । प्रहरीले हतियारधारीलाई पक्राउ गरेको छ । बन्दुक प्रहार गर्ने व्यक्ति ३५ वर्षका ब्राजिलियन नागरिक भएको बताइएको छ ।

राष्ट्रपति फर्नान्डेजले किच्नरको ज्यान लिने कोसिसलाई सन् १९८३ मा अर्जेन्टिनामा प्रजातन्त्र स्थापनापछिको सबैभन्दा गम्भीर घटना भन्नुभएको छ । प्रजातन्त्र र उपराष्ट्रपतिप्रति ऐक्यबद्धता व्यक्त गर्नका लागि अर्जेन्टिनमा आज सार्वजनिक बिदा दिइएको छ । स्थानीय सञ्चारमाध्यमले एक व्यक्तिले उपराष्ट्रपतिको अनुहार नजिकै बन्दुक लगेर प्रहार गरेको कोसिस गरेको तस्बिर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू