अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३९ | Colorodo: 05:54

आर्थिक वर्ष २०७८/०७९ मा पूँजीगत खर्च ५७ प्रतिशत

बिआरटीनेपाल २०७९ साउन १ गते ७:५९ मा प्रकाशित

सरकारले आर्थिक बर्ष २०७८/०७९ मा लक्ष्यको ८० प्रतिशत बराबरमात्र खर्च गर्न सकेको छ ।यस अवधिमा पूँजीगत खर्च त झनै निराशाजनक जम्मा ५७ प्रतिशत मात्र खर्च भएको छ । महालेखा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यस अवधिमा सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएकोमा जम्मा १२ खर्ब ९६ अर्ब अर्थात लक्ष्यको ७९ दशमलब ३९ प्रतिशत गर्न सकेको हो ।

पूँजीगत खर्च ३ खर्ब ७८ अर्बको लक्ष्य राखिएकोमा जम्मा २ खर्ब १६ अर्ब अर्थात ५७ दशमलब २३ प्रतिशत मात्र भएको छ । चालु खर्च भने ९० प्रतिशत नै पुगेको छ । यस बर्ष ९ खर्ब ६१ अर्ब चालु खर्च भएको छ । यस अवधिमा राजस्व संकलन पनि ९० प्रतिशत अर्थात् १० खर्ब ७९ अर्ब उठाउन सरकार सफल भएको छ ।

कर राजश्व ९२ प्रतिशत अर्थात् ९ खर्ब ८४ अर्ब संकलन हुँदा गैरकर राजस्व भने जम्मा ७४ प्रतिशत अर्थात ८३ अर्ब ७९ करोड संकलन भएको छ । यस्तै, वैदेशिक अनुदान लक्ष्यको जम्मा ३० प्रतिशत प्राप्त भएको छ । यस बर्ष आन्तरिक राजस्व विभागले लक्ष्यको ९० प्रतिशत अर्थात ४ खर्ब ८३ अर्ब राजश्व संकलन गरेको छ । विभागले यस अवधिमा ५ खर्ब ३७ अर्ब ९४ करोड बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू