अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ: गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ असार २७ गते ८:०० मा प्रकाशित

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्य भन्दा माथि गएको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताउनुभएको छ ।संसदको अर्थ समितिले गरेको मौद्रिक नीति सम्बन्धि छलफलमा सहभागी हुँदै गभर्नर अधिकारीले चालूआर्थिक वर्षमा मुद्रा स्फितिलाई साँढे ६ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएकोमा मुद्रास्फिति लक्ष्य भन्दा माथि गएको बताउनुभयो । मूल्य वृद्धि यो भन्दा माथि जान नदिन ब्याजदर बढाउनुपर्ने उहाँको तर्क थियो । विकसित मुलुकहरूमा पनि यो वर्ष मुद्रास्फिति ५ दशमलव ७ प्रतिशत पुग्ने अनुमान रहेको बताउदै नेपालमा पनि मूल्यवृद्धि सीमाभित्र राख्न कठिन भएकाे उहाँले बताउनुभयाे।

विकसित देशहरूले मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने र कोभिडको समयमा दिएका सहुलियत हटाउँदै गएको भन्दै उहाँले नेपालमा पनि त्यही गर्नुपर्नेमा जोड दिनुभयो । चालू आर्थिक वर्षको १० महिनामा २ अर्ब ४७ करोड डलरले विदेशी मुद्रा सञ्चिति घटेको र ६ महिनाको आयात धान्न सकिने अवस्था रहेकाले स्थिति ज्यादै नराम्रो भयो भन्ने अवस्था नरहेको अधिकारीको तर्क छ। नेपाली रूपैयाँको अवमूल्यन हुँदा पनि डलर सञ्चितिमा दवाव परेको उहाँले बताउनुभयाे । देशको वर्तमान अवस्था अनुसारकै मौद्रिक नीति ल्याउने पनि उहाँले बताउनुभएकाे छ ।

प्रतिक्रिया