अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

प्रदेश राज्यमन्त्री वलीद्वारा राजीनामा

बिआरटीनेपाल २०७९ असार १५ गते ७:३२ मा प्रकाशित

लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ ।  वलीले यही असार १२ गते राजीनामा बुझाएको मुख्यमन्त्री कुलप्रसाद केसीले आज बुधवार बसेको प्रदेश सभाको बैठकमा जानकारी गराउनुभयो । राजीनामा स्वीकृत भइसकेको मुख्यमन्त्री केसीले बताउनुभयो ।

गएकाे जेठ अन्तिममा वलीले दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उहाँकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको भन्दै उजुरी दर्ता भएपछि छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू