अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२१ | Colorodo: 06:36

मोक्तान दम्पतीलाई अमेरिकामा सरकारी सम्मान

बिआरटीनेपाल २०७९ जेठ ३० गते २१:३४ मा प्रकाशित

लगभग दुई सयको सङ्ख्यामा रहेको भर्जिनियाको मनासस्मा आयोजित कुन्ती मोक्तान साँझले ऐतिहासिक सफलता पाएको छ । अमेरिकाको मेरिल्यान्ड स्टेटका सांसद ह्यारी भण्डारी मुख्य अतिथि रहनु भएको उक्त कार्यक्रम रुषाज् इन्टरप्राइजेजले आयोजना गरेको थियो । टेलिभिजनका सफल उद्घोषक सरोज केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा रुषा केसीले उद्घोषणमा सहयोग गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ सङ्गीतकार शिला बहादुर मोक्तानले पहिलो पटक आफ्नै स्वरमा गीत गाएर सुनाउनु भएको थियो । नायिका पूजा चन्द लोक गायक रामप्रसाद खनालको पनि उपस्थिति थियो ।

मेरिल्साण्ड सांसद ह्यारी भण्डारीले मेरिल्यान्ड राज्यको तर्फबाट कुन्ती मोक्तान तथा शिला बहादुर मोक्तानलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय कलाकार संघका संस्थापक अध्यक्ष राम प्रसाद खनालले मोक्तान दम्पतीलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो । पछिल्लो पुस्ताकी गजल गायिका १३ वर्षकी ईसान्भी मिश्रले गीत र सरिसा अधिकारीले चोली राम्रो गितमा डान्स प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया