अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

पोखराबाट काठमाडौँका लागि उडेको जहाज जनकपुर पुग्यो

बिआरटीनेपाल २०७९ जेठ २५ गते ८:२३ मा प्रकाशित

पोखराबाट काठमाडौँका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ। मौसमका कारण काठमाडौँमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ।

साढे १ बजे उक्त जहाज काठमाडौँतर्फ उडेको थियो। मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एअर पोखराले जनाएको छ। त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो। उक्त जहाज आजै काठमाडौँ पठाइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू