अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:११ | Colorodo: 06:26

सेयर बजार ६० अंक बढ्यो, कारोबार डेढ अर्ब नाघ्यो

बिआरटीनेपाल २०७९ जेठ २५ गते ८:२१ मा प्रकाशित

दुई सातापछि बल्ल सेयर बजार हरियाली बनेको छ । बुधबार बजारको परिसूचक नेप्से ६०.२२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०८० अंकमा पुगेको छ । जेठ ११ गतेयता बजार लगातार घटेको थियो । दिनभर कुल १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो । सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ २९, विकास बैंक ११६, फाइनान्स ७४, होटल तथा पर्यटन ९२, जलविद्युत ८४, जीवन बीमा २९३, उत्पादन १५४, माइक्रोफाइनान्स १५४, निर्जीवन बीमा ३२०, अन्य ५७ र व्यापार उपसमूहको सूचक ५८ अंक बढ्यो ।

सामुदायिक लघुवित्त र उपकार लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बलेफी हाइड्रो र कालिका लघुवित्तको ९.९ प्रतिशत बढ्यो भने तेह्रथुम पावरको ९.४ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा अरुणभ्याली, कुमारी बैंक, हिमालयन डिस्टिलरी, इन्भेष्टमेन्ट बैंक र अपी पावर क्रमश: अगाडि रहे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू