अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३५ | Colorodo: 03:50

शेयर बजारको अवस्थाप्रति गम्भीर छु : गभर्नर अधिकारी

बिआरटीनेपाल २०७९ जेठ २४ गते ६:५३ मा प्रकाशित

शेयर बजारमा देखिएका समस्या समाधानका लागि नेपाल पुँजीबजार लगानीकर्ता सङ्घले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर ध्यानाकर्षण गराएको छ । अधिकारीलाई भेट्न आज मङ्गलवार राष्ट्र बैंकको मुख्यालय बालुवाटार पुगेका सङ्घका प्रतिनिधिले सरकार र राष्ट्र बैंकका नीतिका कारण साना लगानीकर्ता निकै समस्यामा परेको गुनासो गरेका छन् । साना लगानीकर्तालाई परेको समस्या गभर्नर समक्ष राखेको सङ्घकी अध्यक्ष राधा पोख्रेलले जानकारी दिनुभयो ।

जवाफमा गभर्नर अधिकारीले राष्ट्र बैंकले नीति बनाउने बेलामा शेयर बजारलाई मात्रै हेरेर बनाउन नमिल्ने तर लगानीकर्तालाई परेको मर्का आफूले बुझेको बताउनुभएको थियो । ‘तपाईँहरूको समस्याप्रति म गम्भीर छु, के–कसरी समाधान गर्न सकिन्छ, थप छलफल र अध्ययन गरौँला’, गभर्नरको भनाइ उद्धृत गर्दै अध्यक्ष पोख्रेलले भन्नुभयो । सङ्घले यसअघि अस्ति आइतवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर समस्या सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू