अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०१ | Colorodo: 04:16

पशुपतिको अतिक्रमण गरिएका जग्गा फिर्ता गरेरै छाड्छौँ : मन्त्री आले

बिआरटीनेपाल २०७९ जेठ २४ गते ६:१५ मा प्रकाशित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका जग्गा फिर्ता ल्याइने बताउनुभएको छ ।भूकम्पका कारण भत्किएको पशुपतिनाथमा रहेको विश्वरूपा मन्दिर र सतलको आज मङ्गलवार पुनर्निर्माणको उद्घाटन उहाँले भन्नुभयो, ‘सरकारी सम्पत्ति र भगवानको जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाइँदैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गरेरै छाड्छु ।’

मन्त्री आलेले राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालमा निर्माण भएको विश्वरूपा मन्दिर २०७२ सालको भूकम्पमा भत्किएको र अब चाँडै पुनर्निर्माण हुने बताउनुभयो । अरूभन्दा भिन्न विशेषता भएको यो मन्दिर पुनर्निर्माण भए यहाँ धेरै पर्यटक भित्रिने हुँदा चाँडो निर्माण कार्य सक्न निर्माण व्यवसायीलाई मन्त्री आलेले आग्रह गर्नुभयो ।यो मन्दिर ४५ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू