अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

६ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ जेठ २२ गते ८:४५ मा प्रकाशित

साताको पहिलो दिन आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ६ सयले घटेर ९७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया