अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५२ | Colorodo: 07:07

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

बिआरटीनेपाल २०७९ जेठ १९ गते ७:२३ मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको लागि राय, सुझाव माग गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा आफ्ना राय सुझाव इमेल monetarypolicy@nrb.org.np मा पठाउन आग्रह गरेको हो । राष्ट्र बैंकले आउँदो असारको अन्तिम हप्ता मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट कार्यान्वयनलाई सहयोग पुग्ने गरी मौद्रिक नीतिको निर्माण हुने बताइसक्नुभएको छ ।

प्रतिक्रिया