अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२३ | Colorodo: 02:38

शेयर बजारमा गिरावट आउने क्रम जारी

बिआरटीनेपाल २०७९ जेठ १९ गते ७:०१ मा प्रकाशित

शेयर बजारमा गिरावट आउने क्रम बिहीबार पनि जारी रह्यो । बजेट घोषणापछि लगातार चौथो दिन बजार निरासाजनक बनेको हो । बजार परिसूचक निरन्तर घटेर २१ सयको लाइनमा आइपुगेको छ ।यसदिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंक बराबरले झरेर २१ सय १२ मा आएर थामियो ।

कारोबार हिजोको तुलनामा सामान्य बढ्यो । बुधबार ४ वटा उपसमूहसम्म सकारात्मक रहेकोमा सामूहिक लगानी कोष नगन्य अंकले हरिया रहेबाहेक अरु सबै समूह ओरालो लागे ।

दुबै बीमा समूहमा डेढ सय अंक हाराहारीको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले घटे । यसदिन नेपाल स्टक एक्सचेन्जमा २ सय २७ कम्पनीको ३५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब १६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू