अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 08:54

नेपालले भारतलाई बेच्न थाल्यो बिजुली

बिआरटीनेपाल २०७९ जेठ १९ गते ६:४० मा प्रकाशित

नेपालले भारतलाई फेरि बिजुली बेच्न थालेको छ । केही समयअघि भारतबाट बिजुली नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले गएरातिबाट भारतलाई फेरि बिजुली बेच्न थालेको हो । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा भारतलाई बेचिएको जानकारी दिनुभयो । उहाँका अनुसार गएरातिबाट त्रिशुली र देवीघाट जलविद्युत् आयोजनाको बिजुली भारत निर्यात हुन थालेको छ ।

सबै सेवा शुल्कहरू घटाएर प्रतियुनिट औसत भारतीय ६ रुपैयाँ २८ पैसामा बिजुली बेचिएको छ । यो सोझै प्राधिकरणको खातामा आउने रकम भएको पनि उहाँले बताउनुभयो । नेपालले गत वर्ष कात्तिक १७ गतेबाट ‘डे अहेड मार्केट’ को अवधारणामा आईईएक्समा बिजुली बेच्न थालेको थियो । २४ मेगावाटको त्रिशूली र १४ मेगावाटको देवीघाट आयोजनाबाट करिब १ महिना नेपालले भारतमा बिजुली बेचेको थियो । वर्षायाममा नेपालको बिजुली देशभित्र खपत हुने अवस्था नभए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ । भारतले हालसम्म नेपालका २ वटा आयोजनाको मात्रै बिजुली किन्नका लागि स्वीकृति दिएको छ । तर, नेपालले भने विभिन्न ८ वटा आयोजनाको बिजुली भारतमा बेच्नका लागि अनुमति मागिरहेको छ ।

प्रतिक्रिया