अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३६ | Colorodo: 05:51

सेयर बजारमा ३५ अंकको गिरावट

बिआरटीनेपाल २०७९ जेठ १७ गते ७:०३ मा प्रकाशित

सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि उच्च अंकले गिरावट आएको छ। साताको दोस्रो कारोबार मंगलबारका दिन नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.११ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१० अंकले घटेको छ। मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। मंगलबार १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।मंगलबार १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ।बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।  मंगलबार नेप्से परिसूचक गिरावट आए पनि उपकार लघुवित्तको शेयरमूल्य भने ८.२३ प्रतिशत बढेको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू