अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४४ | Colorodo: 06:59

शेयर बजार ५० अङ्कले घट्याे

बिआरटीनेपाल २०७९ जेठ १६ गते ७:०९ मा प्रकाशित

शेयर बजार आज ५० अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव ३३ अङ्कले घटेर दुई हजार एक सय ७३ दशमलव ४४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, विकास बैंक, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । दुई सय २७ कम्पनीको ३४ लाख ५६ हजार कित्ता शेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको चार करोड ९६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

झन्डै एक वर्षपछि आज दोस्रो बजारमा कारोबार खुलेको नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र लाइफ इन्स्योरेन्स कर्पाेरेशनको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि बलेफी हाइड्रोपावरको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया