अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

वित्तीय क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको १८ अर्ब बराबरको सहयोग सम्झौता

बिआरटीनेपाल २०७९ वैशाख २१ गते ६:३८ मा प्रकाशित

नेपालको वित्तीय क्षेत्र सुदृढीकरण कार्यक्रमका लागि नेपाल सरकार र विश्व बैंकबीच १८ अर्ब रुपैयाँ बराबरको आयोजनाका लागि हस्ताक्षर भएको छ । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानको विविधिकरण र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलरको ‘वृद्धिका लागि वित्त’ विकास नीति सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गर्नुभएको हो ।

यो दोस्रो आयोजनालाई विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले १० चैत्र २०७८ मा अनुमोदन गरेको थियो । कोभिड–१९ महामारीको परिप्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रको परिष्कृत पर्यवेक्षणलाई यस कार्यक्रमले सघाउने विश्व बैंकले जनाएको छ ।

प्रतिक्रिया