अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३२ | Colorodo: 22:47

निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव हुँदैन- अध्यक्ष गोल्छा

बिआरटीनेपाल २०७९ वैशाख १९ गते ८:१२ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको छ ।सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले नीजी क्षेत्रलाई कुनै पनि बहानामा अब निजी क्षेत्रलाई अध्याँरोमा राखेर उज्यालो सम्भव नभएको बताउनुभएको हो । उहाँले अध्याँरोमा राखेर उज्यालो मात्रै नभएर नीजि क्षेत्रलाई हतोत्साही गर्न नहुने बताउनुभयो ।

अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो समय सरकारबाट भइरहेका ऊर्जा, ब्याजदर आदि उत्पादन लागत बढाउने विषयमा एकतर्फी निर्णयले कसैलाई फाइदा नपुग्ने बताउनुभयो । उहाँले कोभिडपछि पर्यटन आय ८० प्रतिशतले घटेको बताउनुभयो । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रेमिट्यान्स आप्रवाह र वस्तु व्यापार घाटाबीचको फरक ५२९ अर्ब रुपैयाँ पुगिसकेकाले अब रेमिट्यान्सले घाटा थेग्न नसक्ने अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले मुलुको आर्थिक संकट रोक्न वैदेशिक लगानी ल्याउने संयन्त्र सरकारले बलियो बनाउनु पर्ने बताउनुभयो ।

त्यस्तै, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत प्राधिकरणकै लापरबाहीबाट अहिले विद्युत संकट आएको बताउनुभयो । उहाँले अहिले पनि उत्पादन भएको २७ मेगावट विद्युत प्रसारणलाइन नजोडिएको बताउनुभयो । अहिले भारतबाट महँगोमा विद्युत खरिद गर्न खोजे पनि किन्न नसकेको अवस्था रहेको उहाँले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष ढकालले गत वर्षको बजेटमा २०० मेगावट बढी विद्युत उत्पादन गर्न सहुलियत दिए जस्तै यो वर्षको बजेटमा ५० मेगावट माथिको लागि पनि सहुलियत दिनु पर्ने माग राख्नुभयो ।

प्रतिक्रिया