अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

२ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७९ वैशाख १८ गते ७:२१ मा प्रकाशित

साताको पहिलो दिन आज आइतबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सयले घटेर ९९ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आइतबार २० रुपैयाँले घटेर १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया