अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३३ | Colorodo: 05:48

नेपालमा बाह्य पर्यटकको आवागमनमा गत वर्षभन्दा बृद्धि

बिआरटीनेपाल २०७८ चैत २८ गते ७:२३ मा प्रकाशित

सन् २०२२ को पहिलो त्रैमासिकमा नेपाल भ्रमणमा आउने पर्यटको सङ्ख्या ७८ हजार नाघेको छ । यो तीन महिनाको अवधिमा ७८ हजार ४ सय ४७ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल अर्थमन्त्री जनार्दन शर्माले बताउनु भएको छ ।

गत वर्षको तीन महिनाको तुलनामा यो वर्ष विदेशी पर्यटक आगमन १ सय ३८ दशमदब ९५ प्रतिशतले वृद्धि भएको तथ्यांक शर्माले प्रस्तुत गर्नुभयो । मार्च महिनामा मात्रै ४२ हजार विदेशी पर्यटक भित्रिएको उहाँले बताउनु भएको हो । आज अर्थमन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री शर्माले मुलुकको पर्यटन क्षेत्रलाई थप विस्तार गर्दै अगाडी बढ्ने बताउनु भएको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण नियन्त्रणमा आएसँगै हवाई यातायात सहज भएपछि पछिल्लो समय मुलुकको पर्यटकीय गतिविधि उल्लेख्य रुपमा वृद्धि हुँदै आएको हो ।

प्रतिक्रिया