अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

वैशाखमा निक्षेपको ब्याजदर नबढाउने नेपाल बैङ्कर्स सङ्घको निर्णय

बिआरटीनेपाल २०७८ चैत २७ गते ७:१९ मा प्रकाशित

बैशाखमा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने नेपाल बैङ्कर्स सङ्घले निर्णय गरेको छ । ब्याजदर बढाएर पनि निक्षेप सङ्कलन अपेक्षा अनुसार नबढेपछि चैत महिनाको जस्तै बैशाख महिनाका लागि ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।

वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैङ्कर्स सङ्घले बैशाखका लागि पनि चैतकै ब्याजदर प्रकाशित गर्ने सहमति गरेको हो । अब वैशाख महिनाका लागि बैङ्कहरूले चैतकै ब्याजदर प्रकाशित गर्नेछन् । जसअनुसार वाणिज्य बैङ्कहरूको हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर तोकिएको छ ।

गत माघको तुलनामा फागुनमा बैङ्कहरूले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैङ्कहरूले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

प्रतिक्रिया