अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५३ | Colorodo: 06:08

नेपाल टेलिकमको खुद नाफा ७ अर्ब ३३ करोड रुपैयाँ, २० प्रतिशत बाेनस शेयर दिइने

बिआरटीनेपाल २०७८ चैत २४ गते ८:२९ मा प्रकाशित

नेपाल टेलिकमले सात अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित कम्पनीको १४ औँ वार्षिक साधारण सभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष डा. वैकुण्ठ अर्यालले कम्पनीले सात अर्ब ३३ करोड खुद नाफा आर्जन गर्न सफल भएको बताउनुभएको हो ।

उहाँले कोभिड–१९ का कारण यसको राजस्वमा भने केही कमी आएको पनि उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय तथा अन्तरदेशीय आबद्धता सेवाबाट पाँच अर्ब ८० करोड, वायरलेस सेवाबाट तीन अर्ब ३३ करोड, अन्य विभिन्न कार्यक्रमबाट गरी कुल राजस्व र खुद नाफा ४२ अर्ब २१ करोड र सात अर्ब १३ करोड कायम गर्न कम्पनी सफल भएको छ । कोभिड–१९ का कारणले भ्वाइस तथा अन्तरदेशीय सेवामा कमी आएको र विभिन्न प्रकारका अफरहरूले सस्तोमा सेवा उपलब्ध गराउँदा राजस्वमा कमी देखिएको छ ।’

टेलिकमले शेयरधनीहरूलाई २० प्रतिशत बोनस शेयर उपलब्ध पनि गराउने भएको छ । शेयरधनीहरूको मनोबललाई उच्च बनाउन बोनस शेयर २० प्रतिशत उपलब्ध गराउन लागिएको नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष अर्यालको भनाइ छ । अध्यक्ष अर्यालले टेलिकमको सेवालाई गुणस्तरीय बनाउने गरी पूर्वाधार निर्माणको काममा तीव्रता दिइएको पनि बताउनुभयो । अनलाइन पेमेन्ट गर्ने सरकारको कार्यक्रमअनुसारको तयारीको कामलाई पनि जाेड दिइएकाे टेलिकमले जनाएको छ ।

प्रतिक्रिया