अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

एमालेका उच्च आय भएका पाँच हजार नेताले पार्टीलाई मासिक ५ हजार योगदान गर्नुपर्ने

बिआरटीनेपाल २०७८ चैत १७ गते ७:५४ मा प्रकाशित

नेकपा एमालेले उम्मेदवार छनौटका मापदण्ड बनाएको छ । एमालेले अन्तरपार्टी निर्देशन–३ जारी गर्दै ६ बुँदे मापदण्ड तल्लो कमिटीलाई पठाएको छ। जसअन्तर्गत पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिबद्धता, निर्वाचित जनप्रतिनिधिहरुको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कार्यक्षमता, विकास र सुशासनप्रतिको दृष्टिकोण, सन्तुलन र समावेशिता रहेका छन्।

पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ५ हजार रुपैँयाका दरले ५ हजार जनाले लेवी तिर्नुपर्ने छ। यो अभियानलाई ’फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान’ नाम दिइएको छ। एमालेका उच्च आय भएका ५ हजार सदस्यले यो कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना ५ हजारका दरले योगदान गर्नुपर्ने निर्देशनमा उल्लेख छ। आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुक कमरेडहरूको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरेको छ।

महानगर र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा उम्मेदवारको सिफारिस सम्बन्धित महानगर र उपमहानगर कमिटीले गर्ने भएको छ। सो सिफारिसमा सम्बन्धित जिल्ला कमिटी र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सोसमेत उल्लेख गरेर सिफारिस गर्ने र यससम्बन्धी निर्णय केन्द्रले गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू