अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३४ | Colorodo: 20:49

ठेक्का प्रक्रियामा संलग्नता रहेको भन्दै एमालेले माग्यो लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको राजीनामा

बिआरटीनेपाल २०७८ चैत १६ गते ८:१४ मा प्रकाशित

नेकपा एमालेले मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा माग गरेको छ । एमाले संसदीय दलले बुटवलमा आज पत्रकार सम्मेलन गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा लुम्बिनी प्रदेश सरकारकै संलग्नता रहेको भन्दै मुख्यमन्त्री केसीको राजीनामा माग गरेको हो ।

एमाले लुम्बिनी संसदीय दलका उपनेता बैजनाथ चौधरीले अस्पतालको भवन निर्माणका लागि दुई ओटा निर्माण कम्पनीलाई मात्र प्रतिस्पर्धा गराउने गरी प्रदेश पूर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजिनामा माग गरेको बताउनुभयो ।

सरकारकै प्रमुख व्यक्ति अध्यक्ष रहेको प्राधिकरणबाट मिलेमतो हुँदा मुख्यमन्त्री पदमा बसिरहन नैतिक रूपले नमिल्ने भन्दै तत्काल पदबाट राजीनामा दिन माग गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू