अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

देशभर थपिए २६ नयाँ सङ्क्रमित, सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सय ४६

बिआरटीनेपाल २०७८ चैत १६ गते ८:०४ मा प्रकाशित

देशभर थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ७७ जना स्वस्थ भएका छन् भने मृत्यु हुनेको सङ्ख्या शून्य रहेको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९ लाख ६५ हजार ३ सय ५ पुगेको छ भने ११ हजार ९ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै देशभर नयाँ सङ्क्रमितको सङ्ख्या घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४६ मा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू