अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४१ | Colorodo: 21:56

देशका सात शहरसम्म पोखराबाट नियमित हवाई सेवा विस्तार

बिआरटीनेपाल २०७८ फागुन २१ गते ७:१५ मा प्रकाशित

पोखरा विमानस्थलबाट हुने नियमित हवाई सेवा देशका सात शहरमा विस्तार भएको छ । बुद्ध एयरले पोखरालाई देशका सात शहरमा हवाई सञ्जालमार्फत जोडेको हो । बुद्धले सातौं शहरको रूपमा शनिबार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेश प्रदेशसँको पहुँच सहज भएको छ ।

बुद्धले साताको तीनदिन पोखरा–जनकपुर रूटमा उडान गर्ने बताएको छ । बुद्धका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर सातामा तीन दिन (शनिबार, सोमबार र बुधबार) उडान गर्ने जानकारी दिनुभयो ।पहिलो चरणमा सातामा तीन दिन र यात्रु संख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको उहाँले बताउनुभयो । शनिबार १८ सिट क्षमताको जहाजबाट उडान थालिएको हो ।

बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम जनकपुर गएको थियो । पहिलो उडानमा १८ जना यात्रु गएकोमा फर्किदा १६ यात्रु पोखरा फर्केका थिए । पोखरा–जनकपुरको उडानमा प्रतियात्रुु सबैभन्दा बढी ९ हजार ३ सय ६० र सबैभन्दा कम ४१ सय रुपैयाँ भाडा तोकिएको छ । पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले जानकारी दिनुभयो ।

प्रतिक्रिया