अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

एमसीसीविरुद्ध प्रदर्शन जारी, प्रदर्शनकारीले ब्यारिकेड तोडेपछि प्रहरीद्वारा अश्रुग्यास प्रहार, बानेश्वर क्षेत्र तनावग्रस्त

बिआरटीनेपाल २०७८ फागुन १२ गते ७:०९ मा प्रकाशित

एमसीसीको विरुद्धमा रहेका प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आज बानेश्वर क्षेत्रमा घम्साघम्सी भएको छ । जसले गर्दा आज अपरान्ह बानेश्वर क्षेत्र तनावग्रस्त भएको थियो । प्रदर्शनकारीले ब्यारिकेड तोडेर प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले लगातार अश्रुग्यास प्रहार गरी प्रदर्शनकारीलाई तितरबितर पारेको थियो ।

सत्तारुढ दल माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएललगायत अन्य दलका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको हो । माओवादी केन्द्रलगायत राप्रपा नेपाल तथा अन्य दलका कार्यकर्ताले नाराबाजी गर्दै प्रहरीले लगाएको ब्यारिकेड तोड्न खोजेपछि प्रहरीले भीडलाई तितरबितर बनाउनका लागि अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू