अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२४ | Colorodo: 00:39

लिबियाका प्रधानमन्त्री बन्दुकधारीको आक्रमणमा

बिआरटीनेपाल २०७८ माघ २८ गते ६:११ मा प्रकाशित

अज्ञात बन्दुकधारीले लिबियाका प्रधानमन्त्री अब्दुल–हमिद दबेबाहको काफिलेमालाई आक्रमण गरेका छन् । शुक्रबार राजधानी त्रिपोलीमा प्रधानमन्त्रीलाई लक्षित आक्रमण भएको लिबियाको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता अब्दुलमेनेम अल–अरबीका अनुसार प्रधानमन्त्री काफिलेलाई सुक अल–जुमा जिल्लामा नम्बरप्लेट विनाको गाडीमा सवार व्यक्तिले सशस्त्र आक्रमणको शिकार बनाएका थिए ।आक्रमणमा कुनै हताहत नभएको बताइएको छ । लिबियाको आन्तरिक मन्त्रालयले यस आपराधिक कार्यको निन्दा गर्दै, अपराधीलाई न्यायको दायरामा ल्याउन अनुसन्धान भइरहेको जनाएको छ ।

उत्तर अफ्रिकी देशमा वर्षौंदेखिको राजनीतिक विभाजनको अन्त्य गर्दै गत वर्ष फेब्रुअरीमा संयुक्त राष्ट्र प्रायोजित लिबियाको राजनीतिक संवाद मञ्चले डबेबाहको राष्ट्रिय एकताको सरकारलाई नियुक्त गरेको थियो ।

लिबियाको संसद्ले गत वर्ष सेप्टेम्बरमा डबेबाहको सरकारबाट विश्वास फिर्ता लिएको थियो र यसलाई कामचलाउ सरकारको रूपमा राखेको थियो । लिबियामा गत वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने भनिए पनि प्राविधिक र कानुनी कारणले अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू