अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५८ | Colorodo: 20:13

‘महाभारतका भीम’ प्रवीण कुमारकाे निधन

बिआरटीनेपाल २०७८ माघ २५ गते ७:०९ मा प्रकाशित

भारतकाे दूरदर्शन च्यानलमा प्रसारित बीआर चोपडाको सिरियल महाभारतमा भीमको भूमिका गर्ने अभिनेता प्रवीण कुमार साेबतीको निधनको भएको छ । उनी ७४ वर्षका थिए । महाभारत धारावाहिकका साथै उनले अन्य धारावाहिक र बलिवुड चलचित्रमा पनि अभिनय गरेका थिए । अग्लाे र बलियाे शारीरिक बनावटकाे कारण प्रवीण कुमारलाई महाभारतमा भीमकाे भूमिका प्रस्ताव गरिएकाे थियाे ।

उनको निधनमा महाभारतमा युधिष्ठिरको भूमिका गर्ने गजेन्द्र चौहनले ट्विटरमा शोक व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘आज बिहानै एउटा दुःखद समाचार प्राप्त भयो । मेरा महाभारतका भाइ प्रवीण कुमार हामी सबैलाई छोडेर अनन्त यात्रामा गएका छन् । विश्वास नै भएको छैन । तपाईँ सधैँ हाम्रो यादमा रहनु हुनेछ ।’

उनले एसियाली र कमनवेल्थ गेम्समा गएर पदक पनि जितेका थिए । उनले दुई पटक ओलम्पिकमा भारतकाे प्रतिनिधित्व गरे पनि केही वर्षयता उनले आर्थिक अभावकाे सामना गर्नुभएकाे थियाे । यसकाे अवस्थामा उनकाे सहयाेगका लागि सरकारसँग गुहार नै गर्नुपरेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू