अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

चीनमा पत्रकारहरूलाई काम गर्न निकै गाह्रो भइसकेको रिपोर्ट सार्वजनिक

बिआरटीनेपाल २०७८ माघ १७ गते ६:०५ मा प्रकाशित

चीनमा सञ्चारमाध्यमको स्वतन्त्रता घट्दै गइरहेको छ । विदेशी पत्रकारहरूको समूह फरेन करोसपोन्डेन्ट क्लबको तर्फबाट निकालिएको प्रतिवदेन (रिपोर्ट) मा यो कुरा सार्वजनिक भएको बीबीसीले जनाएको छ । चीनमा पत्रकारहरूले शारीरिक आक्रमण, ह्याकिङ, अनलाइन ट्रोलिङ र भिसा पाउन समस्या झेल्नुपरेको त्यहाँको फरेन करोसपोन्डेन्ट क्लब ९एएफसीसी० को प्रतिवदेनमा भनिएको छ ।

चीन र हङकङमा स्थानीय पत्रकारहरूलाई पनि निसाना बनाउने गरिएको छ । चीनले भने एएफसीसीलाई ‘अवैध सङ्गठन’ को संज्ञा दिएको छ ।विश्वभरको सञ्चारमाध्यम बेइजिङ शीतकालीन ओलम्पिकमा केन्द्रित भएका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । शिनजियाङमा मानव अधिकार उल्लङ्घनको हनन र हङकङमा गरिएको कारबाहीको कारण बेइजिङ ओलम्पिक पहिलेदेखि नै विवादमा घेरिएको छ ।

विदेशी पत्रकारहरूलाई चीनमा उत्पीडन गरिका कारण केही संवाददाताले चीन छाडेको प्रतिवेदनमा भनिएको छ । केही पत्रकार अरू नै पेसा रोज्ने योजना तयार गर्न बाध्य भएका छन् । चिनियाँ मूलका अस्ट्रेलियाली पत्रकार चेङ लेई र चिनियाँ पत्रकार हेज फेन जस्ता पत्रकारहरूलाई राज्य सुरक्षा मामिलामा जोडिएको आरोपमा एक वर्षभन्दा धेरै समयदेखि हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू