अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना छ : राष्ट्रपति बाइडेन

बिआरटीनेपाल २०७८ माघ १४ गते ७:४६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो महिना रुसले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको बताउनुभएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीसँग भएको टेलlफोन वार्तामा सम्भावित आक्रमणबारे बताउनुभएको बीबीसीले जनाएको छ ।

युक्रेनको सीमामा पछिल्ला हप्तामा एक लाखभन्दा धेरै रुसी सेना तैनाथ गरिएपछि आक्रमण हुने त्रास बढेको छ । रुसले भने आक्रमणको योजना नरहेको बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा युक्रेनका राष्ट्रपतिसँग बाइडेनले यदि रुसले हमला गरेमा अमेरिका र उसका समर्थक राष्ट्रले निर्णायक कदम चाल्न तयार रहेकोमा आश्वस्त पारेको उल्लेख छ ।

युक्रेन सङ्कटका बारेमा आजै फ्रान्सका राष्ट्रपति एम्मानुअल माक्रोँ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता हुँदैछ । अमेरिकाले युक्रेनविरुद्ध हुने कुनै पनि किसिमको अतिक्रमणलाई निरुत्साहन गर्न रुसमाथि आफ्नो प्रभावलाई प्रयोग गर्न चीनलाई आग्रह गरेको छ । रुसले युक्रेनलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को सदस्य नबनाउन माग गरेको छ । तर अमेरिकाले यो माग अस्वीकार गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू