अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

आइतबार सर्वाेच्चसहित देशभरका अदालत बन्द गर्ने निर्णय

बिआरटीनेपाल २०७८ माघ ८ गते ७:४० मा प्रकाशित

आइतबार सर्वोच्चसहित देशभरका अदालत बन्द गर्ने निर्णय गरिएकाे छ । सर्वोच्च अदालतको शनिवार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्ण बैठकले पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउनका लागि आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधीकरणहरु शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय गरेको बताइएकाे छ ।

‘पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन यही माघ ९ गते आइतबार एकदिन सर्वोच्च अदालतसहित नेपालभरका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र न्यायाधीकरणहरु शोक बिदाको रुपमा बन्द रहने भनी सर्वोच्च अदालतको  माघ ८ मा बसेको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको बेहोरासमेत जानकारी गराइन्छ,’ सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू