अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५७ | Colorodo: 03:12

राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउने अर्थमन्त्री शर्माको भनाइ

बिआरटीनेपाल २०७८ पुष १ गते ७:१५ मा प्रकाशित

अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रको समृद्धि, आत्मनिर्भरता र राष्ट्रिय स्वाधीनताका पक्षमा नयाँ जागरण पैदा गर्नुपर्ने बताउनुभएको छ । आज जनसांस्कृतिक महासङ्घ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै जनकलाकारहरूको कार्यभार राष्ट्रको समृद्धि र आत्मनिर्भरताको पक्षमा नयाँ जागरण ल्याउनु रहेको बताउनुभयो ।

राजनीतिक परिवर्तनहरू भए पनि सामाजिक, सांस्कृतिक परिवर्तनमा धेरै समय लाग्ने बताउँदै उहाँले यसको परिवर्तनका लागि महासङ्घले नेतृत्त्वदायी भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले समाजमा विद्यमान रहेका विभेद तथा विसङ्गति अनि भ्रष्टाचारविरुद्ध लड्न सके मात्र समाजवादको पथ पहिल्याउन सकिने बताउनुभयो ।

जनकलाकारहरूले सिर्जना गरेका सृजनाले नै दश वर्षे जनयुद्धलाई अगाडि बढाउन सहज गराएको स्मरण गर्दै मन्त्री शर्माले कलाकारहरूलाई पुनः नयाँ जिम्मेवारी आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू