अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०७ | Colorodo: 19:22

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवारीबिहीन

बिआरटीनेपाल २०७८ मंसिर २५ गते ७:४४ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि पदमा उम्मेदवारी दिनुभएको छैन । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि समय तोकिएको थियो। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा नेता पौडेल भने कतै देखिनुभएन । उहाँले आफू सभापतिको उम्मेदवार नबन्ने यसअघि नै जानकारी गराइसक्नुभउको थियो । तर उहाँले केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिनुभएन ।

संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बनाउन कोशिस गरेपनि त्यसमा सफल नभएपछि पौडेल निराश बन्नुभएको थियो । उहाँले प्रकाशमान सिंह र शेखर कोइरालालाई मिलेर जान या आफ्नो नेतृत्व स्वीकार गर्न आग्रह गर्नुभएको थियो ।

पौडेललाई स्वीकार गर्न कोइराला सकारात्मक भएपनि सिंहले नमानेपछि उनी निराश हुनुभएको थियो । केही दिनअघि सिंह निवास चाक्सीबारीमा भएको संस्थापनइतरका नेताहरुको छलफलमा पौडेलले सिंह र कोइराला नमिने आफू राजनीतिबाट बिदा हुने र महाधिवेशनमा पनि सहभागी नहुने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू