अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२६ | Colorodo: 19:41

दक्षिण नाइजरको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २३ गते ७:३७ मा प्रकाशित

दक्षिणी नाइजरमा रहेको एक विद्यालयमा आगलागी हुँदा कम्तीमा २६ जना विद्यार्थीको मृत्यु भएको छ ।मराडी सहरमा पराल र काठबाट बनेको कक्षाकोठामा आगलागी हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीमा परेर मृत्यु हुने ५ र ६ वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।

यसअघि गत अप्रिलमा नियामीको एक मजदुरहरुको बसोबास रहेको जिल्लाको एक विद्यालयमा भएको आगलागीमा परि २० जना बालबालिकाको मृत्यु भएको थियो । घटनाप्रति दुख व्यक्त गर्दै राष्ट्रपति मोहम्मद बाजुमले तत्काल काठको संरचनाहरू प्रतिस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

नियामी आगलागी पछि पराल र काठ कक्षाकोठाको खतरा बारे अधिकारीहरूलाई सचेत गराएको भएपनि उनीहरुको वेवास्ताका कारण उक्त दुर्घटना भएको नाइजर टिचर्स युनियनले जनाएको छ । नाइजर, संसारको सबैभन्दा गरिब देशहरू मध्ये एक हो, जसले विद्यालय भवनहरूको अभावलाई हटाउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू