अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३८ | Colorodo: 19:53

तिहारको दोश्रो दिन काग र कुकुर तिहार मनाइयो

बिआरटीनेपाल २०७८ कार्तिक १७ गते ९:०९ मा प्रकाशित

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मनाइँएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार अन्तर्गत आज यमराजको दूतका रूपमा कागलाई मीठो खानेकुरा खान दिइ मनाईएको छ । तिथि घटबढका कारण बिहान त्रयोदशी भएकोले आज काग तिहार मनाईएकोे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आज बिहान ७ : १४ बजेसम्म त्रयोदशी तिथि थियो । त्यसपछि चतुर्दशी तिथि लागेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौमतले बताउनुभयो । आजै कुकुर तिहार पनि मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा छ । आजबाट चतुर्दशी तिथि लागेपछि कुकुर तिहार मनाईएको हो ।

यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरहरूले सहज रुपमा बाटो छोडिदिने धार्मिक विश्वास रहेकाले कुकुर तिहारमा कुकुरलाई मीठा परिकार बनाएर खाज दिने परम्परा रहेको छ । कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमासमेत स्थापित भएको छ । कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने भोलि बिहान पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले बताउनुभयो । सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू