अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०६ | Colorodo: 15:21

“बहुमत ल्याएर मूलढोकाबाट सिंहदरबार छिछौं”- अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ कार्तिक १५ गते ७:३५ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बहुमतका साथ सिंहदरबार प्रवेश गर्ने दाबी गर्नुभएको छ । भरतपुर महानगर कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले परमादेशबाट नभई जनताको भारी बहुमतका साथ विजयी भएर सरकार सञ्चालन गर्ने बताउनुभएको हो ।

स्थानीय तहको निर्वाचन घोषणा गर्नुपर्ने समय आइसकेको भन्दै अब हुने तीन प्रकारका निर्वाचनमा देशभर एमालेलाई जिताउने गरी लाग्न नेता तथा कार्यकर्तालाई ओलीले निर्देशन दिनुभयो ।एमाले महाधिवेशन पनि चुनावको एक प्रचारकै रूपमा बुझ्न आग्रह गर्दै चितवनमा सबैतिर एमालेले चुनाव जित्ने दावी गर्नुभयो । विगतमा जस्तो मतपत्र च्यातेर जित्ने अवस्था अब नरहेको भन्दै त्यस्तो अवस्था आउन सक्नेतर्फ युवाहरूलाई सचेत रहन निर्देशन दिनुभयो ।

जनताको बहुदलीय जनवादको बाटो भएरमात्रै समाजवादको यात्रामा हिँड्न सकिने भन्दै ओलीले अहिलेको गठबन्धन त्यही यात्रालाई भत्काउन एक भएको आरोप लगाउनुभयो । उहाँले गठबन्धन धेरै दिन नटिक्ने पनि दाबी गर्नुभयो ।कार्यक्रममा बोल्दै अर्का नेता रामबहादुर थापा बादलले अबको महाधिवेशनले पार्टीलाई थप एकीकृत गर्दै सुदृढीकरण तर्फ लग्न मद्दत पुग्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू