अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

आउँदो शैक्षिक सत्रबाट कक्षा ४, ५ र ९ मा नयाँ पाठ्यक्रम लागु हुने

बिआरटीनेपाल २०७८ कार्तिक १२ गते ८:२२ मा प्रकाशित

नयाँ शैक्षिक सत्र २०७९ बाट कक्षा ४, ५ र ९ मा नयाँ पाठ्यक्रम लागु हुने भएको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङकन परिषद्को बैठकले हाल परीक्षण भइरहेका पाठ्यक्रमहरु कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

कक्षा ४, ५ र ९ का पाठ्यक्रम देशका २८ वटा विद्यालयमा परीक्षण भइरहेको छ । बैठकले नेपालको संविधानमा मातृभाषाको व्यवस्था गरेअनुरुप थप अन्य मातृभाषाको पाठ्यक्रम पनि बन्न सक्ने र ऐच्छिक विषयको रुपमा पठनपाठन हुनसक्ने गरी व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू