अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१० | Colorodo: 19:25

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेद्वारा पदभार ग्रहण, ३ जना मन्त्री पनि नियुक्त

बिआरटीनेपाल २०७८ कार्तिक ११ गते ७:४९ मा प्रकाशित

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । मुख्यमन्त्री पाण्डेले आफ्नो मन्त्रीमण्डलमा ३ जना मन्त्रीलाई पनि नियुक्त गर्नुभएको छ ।

कृष्णप्रसाद खनालले आन्तरिक मामिला, कृष्णलाल भँडेलले भौतिक पूर्वाधार र कुमारी मोक्तानले सामाजिक विकास मन्त्रीको सपथ लिनुभएको छ । अष्टलक्ष्मी शाक्यले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि पाण्डेले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको थियो ।

पाण्डेले नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १÷१ जना नेता समावेश गरी मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू