अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१२ | Colorodo: 11:27

६ सयले घट्यो सुनको मूल्य

बिआरटीनेपाल २०७८ कार्तिक १० गते ७:०५ मा प्रकाशित

तीनदिनदेखि बढिरहेको सुनको मूल्य आज (बुधबार) तोलामा ६ सयले घटेको छ । हिजो ९२ हजार ६ सयमा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा ६ सयले घटेर तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेसँगै स्थानीय बजारमा पनि सुुनको मूल्यमा कमी आएको हो ।

यस्तै, आजै चाँदीको मूल्यमा पनि कमी आएको छ । चाँदी तोलामा १५ रुपैयाँले कमी आई १२ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाडपर्व लाग्न थालेसँगै सुनचाँदीको कारोबार बढेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा यतिबेला सुन प्रतिऔंस १७ सय ९० डलर र चाँँदी प्रतिऔंस २४ डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया