अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

सन् २०६० सम्म कार्बन उत्सर्जनलाई शून्यमा झार्ने साउदी अरेबियाको लक्ष्य

बिआरटीनेपाल २०७८ कार्तिक ६ गते ७:२९ मा प्रकाशित

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले यस्तो घोषणा गर्नुभएको समाचारसंस्था एएफपीले जनाएको छ । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा यस्तो बताउनुभएको हो । उहाँले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

साउदी ग्रीन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन दुई सय ७८ मिलियन टन घटाउने लक्ष्य लिएको छ । सन् २०१८ मा साउदीले शून्य दशमलव ६२ गिगाटन कार्बनडाइअक्साइड उत्सर्जन गरेको थियो । गएको मार्चमा साउदीले तेल प्रयोग हुने झण्डै ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । यस्तै साउदीले कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौ बिरुवाहरु रोप्ने प्रतिबद्धतासमेत जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू