अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५२ | Colorodo: 16:07

प्रहरीले नमानेपछि रुबी खानलाई अदालतमा उपस्थित गराउन सर्वोंच्चले फेरि दियो आदेश

बिआरटीनेपाल २०७८ असोज २६ गते १९:५५ मा प्रकाशित

सर्वोच्च अदालतले प्रहरी नियन्त्रणमा रहेकी नेपालगञ्जकी अधिकारकर्मी रुवी खानलाई दसैँको नवमीका दिन अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।अधिवक्ता मोहना अन्सारीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको हो।माइतीघरमा धर्ना बसेकै ठाउँबाट प्रहरीले गत शुक्रबार अधिकारकर्मी रुवी खानलाई पक्राउ गरेर नेपालगञ्ज पुर्‍याएको थियो। उनीहरु दुई जना महिलाको शंकास्पद हत्याको छानबिन गर्न माग गर्दै हिँडेरै काठमाडौँ आइपुगेका थिए।

उनलाई रिहा गर्न माग गर्दै अधिकारकर्मी मोहना अन्सारीले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिनुभएको सथयो । उक्त रिटमा सुनुवाइ गर्दै आइतबार न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले २४ घण्टाभित्र खानलाई सर्वोच्चमा उपस्थित गराउन आदेश दिएको थियो। तर, प्रहरीले सर्वोच्चको आदेशको धज्जी उडाउँदै अवज्ञा गरेको थियो। मंगलबारको सुनुवाइमा रुवी खानलाई अदालतमा उपस्थित गराउन सर्वोच्चमा फेरि आदेश गरिएको छ।

प्रतिक्रिया